Kathmandu Press

सार्क फिल्म फेस्टिबलमा स्वस्तिमालाई 'बेस्ट पर्फमर' अवार्ड

काठमाडौं, असार २३ : अभिनेत्री स्वस्तिमा खड्काले सार्क फिल्म फेस्टिबलमा ‘बेस्ट पर्फमर अफ द इयर २०१९’ अवार्ड पाएकी छन्।

श्रींलकाको....

सार्क फिल्म फेस्टिबलमा स्वस्तिमालाई 'बेस्ट पर्फमर' अवार्ड

काठमाडौं, असार २३ : अभिनेत्री स्वस्तिमा खड्काले सार्क फिल्म फेस्टिबलमा ‘बेस्ट पर्फमर अफ द इयर २०१९’ अवार्ड पाएकी छन्।

श्रींलकाको कोलोम्बोमा सम्पन्न सार्क फिल्म फेस्टिबलमा खड्काले ‘बुलबुल’ फिल्मबाट ‘बेस्ट पर्फमर अफ द इयर २०१९’ अर्वाड प्राप्त गरेकी हुन्। यो उनको पहिलो अवार्ड हो।

Hardik ivf

पहिलो अवार्ड नै अन्तर्राष्ट्रिय स्तरबाट पाएकोमा उनले खुशी भएको बताइन्। यसले निकै गर्व महसुस गरेको उनले बताइन्।

उनले सामाजिक सञ्जालमा अवार्ड पाएको खबर सेयर गर्दै पहिलो अन्तर्राष्ट्रिय अवार्ड बुलबुल टिमलाई समर्पण गरेकी छन्।

स्वस्तिमा भन्दा अघि सार्क अवार्ड अभिनेत्री गरिमा पन्तले ‘झोला’ फिल्मबाट जितेकी थिइन्।

यस पटकको सार्क फिल्म फेस्टिबलमा नेपालबाट ‘बुलबुल’ र ‘प्रसाद’ फिल्म प्रतिस्पर्धी रहेका थिए।

प्रकाशित मिति: १३:३२ बजे, सोमबार, असार २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्