Kathmandu Press

मलाई मन्त्री नियुक्त गरेर आम मतदाताको मतको कदर भएको छ : विन्दुकुमार थापा

पोखरा, साउन ११ : गण्डकी प्रदेशमा नवनियुक्त कानुन मन्त्री विन्दुकुमार थापाले आफ्नो सरकारमा सहभागिताले आम मतदाताको कदर भएको जनाएका छन्। आईतबार एक विज्ञप्ति जारी गर्दै...
मलाई मन्त्री नियुक्त गरेर आम मतदाताको मतको कदर भएको छ : विन्दुकुमार थापा

पोखरा, साउन ११ : गण्डकी प्रदेशमा नवनियुक्त कानुन मन्त्री विन्दुकुमार थापाले आफ्नो सरकारमा सहभागिताले आम मतदाताको कदर भएको जनाएका छन्। 

आईतबार एक विज्ञप्ति जारी गर्दै थापाले प्रदेशको राजधानी पोखराबाट आफु एक्लो प्रत्येक्ष निर्वाचित सांसद भएकाले मन्त्रिमण्डलमा सहभागि गराउदा प्रत्येक्ष मतदाताको कदर भएको जनाएका हुन्। 

‘नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली कांगै्रसले खेलेको भूमिका यहाँहरुलाई सर्वविदितै छ । पछिल्लो समय देश संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा अगाडि बढिरहेको यस अवस्थामा बिचमा केही असहज परिस्थिती निर्माण हुन खोजेको भएतापनि पुन यस कठिन मोडलाई सकारात्मक निष्कर्षमा पु¥याउने जिम्मा संघीय सरकारदेखि गण्डकी प्रदेशसम्म नेपाली कांग्रेसको काँधमा आएको छ । जसलाई नेपाली कांग्रेसले अवसरको रुपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसैबिच गण्डकी प्रदेशमा पनि नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको सरकारमा कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी पार्टीले मलाई सुम्पेको छ । यसका लागि आम मतदाता शुभेच्छुक, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुले सुम्पनु भएको जिम्मेवारीलाई मैले कुशलतापूर्वक कार्यसम्पन्न गर्ने संकल्प लिएको छु । प्रदेशको राजधानी पोखरामा नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित एकमात्र सांसद भएको हुँदा पनि सरकारमा मेरो प्रतिनिधित्वलाई मैले प्रत्यक्षतर्फ मलाई विजयी गराउने आम मतदाता, दाजुभाई, दिदीबहिनीहरुको मतको समेत कदर भएको महशुस गरेको छु ।’ 

उनले केही सञ्चारमाध्यमहरुले मन्त्रि नियुक्त सम्वन्धमा मेरो बारेमा प्रकाशन÷प्रसारण गरेका केही समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘मन्त्रिपरिषदको सदस्यको नियुक्तीको सम्पूर्ण अधिकार मुख्यमन्त्रीमा निहित रहेको व्योहोरा यहाँहरु सबैलाई अवगत नै छ । नेपाली कांग्रेसको लागि मैले गरेको योगदान, प्रदेशसभा सदस्य निर्वाचित भएपछि सांसदको हैसियतमा संसदीय दलले दिएको जिम्मेवारीको पूर्ण सफल कार्यान्वयन, पछिल्लो समय गठबन्धनको सरकार निर्माणका बखत मैले खेलेको भूमिका लगायत म कानूनको विद्यार्थी भएको नाताले माननीय मुख्यमन्त्रीज्यूले मन्त्रिपरिषदको सदस्यमा कानुन, संचार तथा संसदीय मामिला मन्त्रिका रुपमा नियुक्त गर्नुभएको हो’, ‘गण्डकी प्रदेशको राजधानीबाट एकमात्र निर्वाचित म मन्त्रीको जिम्मेवारीमा रहिरहँदा नेपाली कांग्रेसको कास्कीको राजनीति कमजोर बनाउने र मेरो छवि धुमिल्याउनका लागि अनावश्यक भ्रम सिर्जना गर्न प्रतिपक्षी उद्धत रहेको छ । साथै, पार्टीकै केही पदाधिकारीहरुले आफ्नो व्यक्तिगत स्वार्थका खातिर केन्द्रिय नेतृत्वलाईनै आक्षेप आउने गरी तथा महाधिवेशनलाई नै प्रभाव पार्ने गरि पार्टी नीति विपरित नै गुटगत रुपमा आक्रमण गर्न खोजिरहेको स्पष्ट नै छ ।’ 

उनले आफुप्रति शुभेच्छा, सद्भाव र स्वस्थ आलोचना गर्नुहुने सबैका प्रति धन्यवाद दिँदै आउँदा दिनहरुमा समेत यहाँहरुबाट प्राप्त रचनात्मक सुझावहरुलाई मार्गदर्शनको रुपमा लिएर अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। 
 

प्रकाशित मिति: ०८:०९ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्