Kathmandu Press

आज दुई वटा प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं, साउन ११ : आज देशका दुई वटा प्रखेशमा अत्यधिक वर्षाको स्म्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।मनसुनी वायुको प्रभावले आज...
आज दुई वटा प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं, साउन ११ : आज देशका दुई वटा प्रखेशमा अत्यधिक वर्षाको स्म्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मनसुनी वायुको प्रभावले आज बिहान देशभर मौसम बदली भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:१२ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्