Kathmandu Press

एनआरएनए युकेको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी 

काठमाडौं, साउन १० : गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा दिपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन । श्रेष्ठले उम्मेदवारीको औपचारिक घोषणा गर्दै...
एनआरएनए युकेको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी 

काठमाडौं, साउन १० : गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा दिपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन । श्रेष्ठले उम्मेदवारीको औपचारिक घोषणा गर्दै १० बुँदे एजेन्डा एवम प्रतिबद्धताहरु पनि सार्वजनिक गरेका छन।

बेलायतस्थित नेपाली समुदायका अगुवा, संघसंस्थाका प्रतिनिधि र एनआरएनए अभियन्ताहरुको उल्लेख्य उपस्थितिमाझ उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले एनआरएनए यूकेलाई आर्थिक पारदर्शितायुक्त, प्रविधिमैत्री, सबैको सहभागितामुलक संस्थाका रुपमा अघि बढाउने प्रतिबद्धता समेत गरेका छन् ।

नेपाली नागरिकताको निरन्तरता, पैत्रिक सम्पत्तिको सुरक्षादेखि भूतपूर्व गोर्खाको हकअधिकार स्थापना लगायतका एजेन्डा आफ्नो मूल प्राथमिकतामा रहने उनले स्पष्ट पारे ।

‘मेरो अपेक्षा यहांहरुले मलाई अमुल्य मत दिएर जिताइदिनु हुनेछ भन्ने छ’, श्रेष्ठले भने, ‘चुनाव जितेर मेरो आकांक्षा पुरा होस, त्यसको बदलामा म यहांहरुले आशा र भरोसा गरे अनुरुप नै काम गरेर देखाउने वचनवद्धता व्यक्त गर्न चाहन्छु।’

प्रकाशित मिति: २०:५२ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्