Kathmandu Press

बैंकिङ कसुरमा फरार नीता भण्डारी पक्राउ

काठमाडौं, साउन १० : नेपाल प्रहरीले १० लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले...
बैंकिङ कसुरमा फरार नीता भण्डारी पक्राउ

काठमाडौं, साउन १० : नेपाल प्रहरीले १० लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ बुढानिलकण्ठका ४५ वर्षीय निता भण्डारीलाई आज (आइतबार) बुढानिलकण्ठबाटै पक्राउ गरेको हो । 

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ वैशाख ६ गतेको फैसलापछि चार दिन कैद र बिगोबमोजिम १० लाख जरिवाना ठहर गरेपछि फरार रहेकी भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए।
    
पक्राउ परेकी भण्डारीले आफ्नो मुक्तिनाथ विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन्।

उच्च अदालतले भण्डारीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३९ग० बमोजिमको कसुरमा दफा १५९१० बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।

पक्राउ परेकी भण्डारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता महतोले बताए।

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्