Kathmandu Press

लगातारको वर्षाले विद्यालय भवनमा क्षति

लगातारको वर्षाले विद्यालय भवनमा क्षति

सिमकोट, साउन १० : यही साउन ६ गतेदेखिको अविरल वर्षाका कारण जिल्लाको चंखेली गाउँपालिकामा रहेको विद्यालयमा क्षति पुगेको छ। चंखेली–४ को तल्लोपालिमा रहेको गणेश आधारभूत विद्यालय भवन वर्षाले भत्काएको हो। 

माथिबाट खसेको ढुङ्गाले विद्यालयको कक्षा १ र २ को कक्षा कोठा पूर्ण रुपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक सकराम ऐडीले जानकारी दिए। विद्यालयमा रहेको भौतिक सामग्रीलगायत विभिन्न सङ्घसंस्थाले सहयोग गरेका सामग्रीमा पनि क्षति पुगेको ऐडीले बताए। 

क्षति पुगेको विद्यालय भवन मर्मतको लागि चंखेली गाउँपालिकालाई अनुरोध गरिएको प्रधानध्यापक ऐडीले बताए। 
 

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्