Kathmandu Press

उपत्यकामा थपिए ६२४ कोरोना संक्रमित

काठमाडौं, साउन १० : काठमाडौं उपत्यकामा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमिमध्ये काठमाडौं जिल्लाका...
उपत्यकामा थपिए ६२४ कोरोना संक्रमित

काठमाडौं, साउन १० : काठमाडौं उपत्यकामा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमिमध्ये काठमाडौं जिल्लाका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना छन्।

योसँगै काठमाडौं उपत्यकामा ७ हजार ६१५ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५ हजार ६१५, भक्तपुरमा ९१० र ललितपुरमा १ हजार ८९ जना सक्रिय संक्रमित छन्।


 

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्