नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं, साउन १० : नेपाल मेडिकल काउन्सिल (एनएमसी)को प्रमाणपत्र किर्ते गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका वडा नं २ का...
काठमाडौं, साउन १० : नेपाल मेडिकल काउन्सिल (एनएमसी)को प्रमाणपत्र किर्ते गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका वडा नं २ का ३६ वर्षीय विजय श्याम रंजितलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो।
काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्रको प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा कीर्ते गरेर काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत गरेको उजुरी परेको थियो।
सोबारे छानबिनपछि उनले कीर्ते गरेको पाइएसँगै ब्युरोको टोलीले उनलाई महाराजगंजबाट पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार उनलाई कानून बमोजिम ‘लिखत सम्वन्धि कसूर अपराधमा’ कारवाहीको लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको छ ।
प्रकाशित मिति: १६:५४ बजे, आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











