Kathmandu Press

सशस्त्रका डिआइजी श्रेष्ठको अवकाश रोक्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश

काठमाडौं, साउन १० : सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रवीणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश...
सशस्त्रका डिआइजी श्रेष्ठको अवकाश रोक्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश

काठमाडौं, साउन १० : सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रवीणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अनिवार्य अवकाश भएको भनी सशस्त्र प्रहरी बलले असार ११ गते दिएको पत्र यथास्थितिमा राख्न सरकारका नाममा सो आदेश दिएको हो ।

पदावधि सकिएको भन्दै सशस्त्र प्रहरी बलले पत्र दिएपछि डिआइजी श्रेष्ठले त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले दुवै पक्षलाई साउन १३ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ। 

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्