Kathmandu Press

‘कबड्डी कबड्डी कबड्डी’को टिजरमा दयाहाङ र उपाशनाको प्रेम

काठमाडौं, असार २२ : फिल्म कबड्डीको तेस्रो सिक्वेल  ‘कबड्डी कबड्डी कबड्डी’को एक मिनेट १० सेकेन्ड लामो टिजर रिलिज भएको छ।

यूट....

‘कबड्डी कबड्डी कबड्डी’को टिजरमा दयाहाङ र उपाशनाको प्रेम

काठमाडौं, असार २२ : फिल्म कबड्डीको तेस्रो सिक्वेल  ‘कबड्डी कबड्डी कबड्डी’को एक मिनेट १० सेकेन्ड लामो टिजर रिलिज भएको छ।

यूट्युबमार्फत रिलिज गरिएको टिजरमा दयाहाङ राई र उपाशना सिंह ठकुरीको प्रेम देखाइएको छ। धेरैजसो दृश्य मुस्ताङमा छायांकन गरिएको फिल्मको टिजरमा पनि त्यहिँकै रमणीय परिवेश देखाइएको छ।

Hardik ivf

टिजरमा दयाहाङ, उपाशना र विजय बराल प्रस्तुत गरिएको छ। फिल्मको छायांकन लगभग सकिएको छ। जेठ ५ गतेदेखि छायांकन सुरू गरिएको थियो।

अब एउटा गीतको छायांकनको लागि निर्माण टिम आज पोखरा जादै छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा गुरुङ र उपेन्द्र सुब्बाले स्क्रिप्ट लेखेका हुन्।

फिल्ममा दयाहाङ, उपाशना, रीश्मा गुरुङ, विल्सन विक्रम राई, कर्मा, बुद्धि तामाङ, माओत्से गुरुङ, लुनिभा तुलाधरलगायतका कलाकरको मुख्य भुमिका रहेको छ।

अभिनेत्री उपाशनाको क्याप्टेनपछि यो दोस्रो फिल्म हो। फिल्म भदौ १३ मा रिलिज हुनेछ।

प्रकाशित मिति: १०:४२ बजे, सोमबार, असार २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्