यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान
काठमाडौं, साउन १० : आगामी तीन दिन पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।देशभर मनसुनी वायुको प्रभाव रहेकाले...
काठमाडौं, साउन १० : आगामी तीन दिन पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन नै पानी पर्ने सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ। यो अवधिमा केही स्थानमा भीषण वर्षा हुने जनाएको छ।
महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम जनाएको छ।
त्यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार पनि मौसम बदली रही अधिकांश स्थानमा पानी पर्ने र केही स्थानमा भने भीषण वर्षा हुने जनाइएको छ। दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
यसैगरी मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भीषण वर्षा हुने भएको छ।
मंगलबार राति पनि देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बाग्मती , गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको आकलन छ।




-(1)-1752494016.png)




-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)
