Kathmandu Press

एमाले एकताको पक्षमा उभिएको हुँ : रावल

काठमाडौं, साउन १० : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।उनले सामाजिक सञ्चालनमार्फत आफ्ना...
एमाले एकताको पक्षमा उभिएको हुँ : रावल

काठमाडौं, साउन १० : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सञ्चालनमार्फत आफ्ना भनाइ राख्दै आफू ढलेको नभएर एमाले एकताका पक्षमा उभिएको बताएका छन्। रावलले भनेका छन्, 'प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल प्रचण्डजीले भन्नुभएझैं ढलेको होइन।'

एमाले उपाध्यक्ष रावलले साउन ३ गते राजीनामा दिएका थिए। कार्यकर्ताबाट दवाव आएको जनाउँदै साउन ८ गते फिर्ता लिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन असहमति जनाउँदै उनले राजीनामा दिएका थिए। त्यसलाई प्रचण्डले पाँच दलीय गठबन्धन फुटाउने चाल भनेका थिए।

त्यसप्रति असहमति जनाउँदै रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको दाबी गरेका छन्।

 

प्रकाशित मिति: ०६:३१ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्