Kathmandu Press

अपहरण गरी कुटपिट गरेको अभियोगमा ३ जना पक्राउ

सुनसरी, साउन ९ : इटहरी उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय पुरुषलाई अपहरण गरी शरीर बन्धक बनाई कुटपिटसमेत गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ...
अपहरण गरी कुटपिट गरेको अभियोगमा ३ जना पक्राउ

सुनसरी, साउन ९ : इटहरी उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय पुरुषलाई अपहरण गरी शरीर बन्धक बनाई कुटपिटसमेत गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–७ बस्ने २५ वर्षीय संगीत थापा, १९ वर्षीय अनिष कार्की र सोही उपमहानगरपालिका– ८ बस्ने २३ वर्षीय सिद्धार्थ राई रहेका छन्।

इटहरी उपमहानगरपालिका–८ फुलबारी टोलको प्लटिङमा उनीहरुले ती पुरुषलाई कुटपिट गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले फेला पारी पीडितको उद्दार गरेको थियो। 

थप अनुसन्धानको क्रममा ती पुरुषलाई उनीहरुले बिहीबार दिउँसो इटहरी उपमहानगरपालिका–९ भोजपुरे टोलबाट जबरजस्ती गरी नम्बर नखुलेको सिटी सफारीमा राखी आँखामा पट्टी समेत बाँधेर संगीतको घरमा लगि रातभर भाग्न उम्कन नदिई कोठाभित्र थुनी राखेको तथा शुक्रबार बिहान तीनै जनाले उक्त प्लटिङमा लगि कुटपिट गरेको खुल्न आएको छ।

उनीहरुलाई अपहरण तथा शरिर बन्धकसम्बन्धी कसूर मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित मिति: १७:३६ बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्