Kathmandu Press

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

काठमाडौं, साउन ९ : सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ। संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर...
सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

काठमाडौं, साउन ९ : सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ। संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन्।

उनका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा सुरु भएको छ। पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन्।

Hardik ivf

यसबाट सिरियाली नागरिकको ज्यान गएको छ। त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको छ, भन्दै संयुक्त राष्ट्रसंघले सो हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्ताहरुमा मानिसहरुमाथि भएको हिंसको निन्दा पनि गरेका छन्।

संयुक्त राष्ट्रसंघले यस्ता हिंसात्मक गतिविधीहरु तत्कालै रोक्न र त्यहाँ शान्ति सरक्षाको अवस्था कायम गर्न पनि माग गरेको छ। ती हिंसामा परी महिला र बालबालिकाको ज्यान गएको र ती स्थानको पछिल्लो अवस्था निकै नाजुक रहेको भन्दै त्यसप्रति सहायक प्रवक्ताले सबैको ध्यानकर्षण गराएका हुन्।
 

प्रकाशित मिति: १३:२१ बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्