Kathmandu Press

कालिकोटमा अक्सिजन प्लान्ट जडान

कालिकोट, साउन ९ : कोरोना भाइरस संक्रमितको उपचारमा सहजताका लागि कालिकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ।कर्णाली प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट...
कालिकोटमा अक्सिजन प्लान्ट जडान

कालिकोट, साउन ९ : कोरोना भाइरस संक्रमितको उपचारमा सहजताका लागि कालिकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ।

कर्णाली प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले बताए। अक्सिजन प्लान्ट जडानपछि अस्पतालमा अक्सिजनको अभाव नहुने उनको भनाइ छ।

Hardik ivf

यसअघि अक्सिजन भर्न नेपालगञ्ज जाने गरिएको थियो। प्लान्ट जडानसँग त्यो झञ्झट पनि अन्त्य भएको उनले बताए।

यो अक्सिजन प्लान्टले दैलेख, अछाम, मुगु, बाजुरा, कालीकोट, जुम्ला र हुम्लाका अस्पतालाई पनि अक्सिजन भर्न सहयोग पुग्ने जनाइएको छ। यसबाट दैनिक ४० लिटर क्षमताको ४०–५० वटा सिलिन्डर भर्न सकिनेछ।

 

प्रकाशित मिति: ०८:०६ बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्