Kathmandu Press

‘कार्यसम्पादन करार सम्झौतामा सीमित हुनुहुन्न’

काठमाडौं, साउन ८ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यसम्पादन करार औपचरिकतामा मात्र सीमित हुन नहुने बताएका छन्।प्रदेशका मन्त्रीहरुसँग आर्थिक वर्ष २०७८÷७९ मा सम्पादन...
‘कार्यसम्पादन करार सम्झौतामा सीमित हुनुहुन्न’

काठमाडौं, साउन ८ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यसम्पादन करार औपचरिकतामा मात्र सीमित हुन नहुने बताएका छन्।

प्रदेशका मन्त्रीहरुसँग आर्थिक वर्ष २०७८/७९ मा सम्पादन हुने कार्यसम्पादन करार सम्झौता आज (शुक्रबार) यहाँ आदानप्रदान गर्दै उनले सम्झौतानुसारको कार्य भए नभएको चार चार महिनामा अनुगमन गरिने बताए।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतलगायतले सम्झौताको पालना गर्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्