Kathmandu Press

संसद, सरकार र सडकमा भएका सबै कम्युनिस्ट मिल्नुपर्छ : वैद्य

काठमाडौं, साउन ८ : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी मोओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले कम्युनिस्ट एकतामा जोड दिएका छन्।४३औं पुष्पलाल स्मृति दिवसका अवसरमा...
संसद, सरकार र सडकमा भएका सबै कम्युनिस्ट मिल्नुपर्छ : वैद्य

काठमाडौं, साउन ८ : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी मोओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले कम्युनिस्ट एकतामा जोड दिएका छन्।

४३औं पुष्पलाल स्मृति दिवसका अवसरमाआयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा उनले संसद, सरकार, सडकमा भएका सबै कम्युनिस्ट मिलेरअघि बढ्नुपर्ने बताएका हुन्।

उनले एमाले अध्यक्ष ओलीमा संसारमा आफूजस्ता अर कोही नभएको भन्ने खालको समस्या देखा परेको बताए। रेल र पानीजहाजका कुरा गरे पनि ओली पद र प्रतिष्ठाकै घेरामा अल्झिएको उनको भनाइ थियो।  

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्याग्न र जनसेवामा जुट्न पनि सुुझाए।

प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्