Kathmandu Press

स्काउटको दीक्षान्त लिनेमा गोदावरीका जनप्रतिनिधि पहिलो

काठमाडौं, साउन ८ : नेपाल स्काउटको दीक्षान्त लिनेमा यहाँको गोदावरी नगरपालिकाका जनप्रतिनिधि पहिलो भएका छन्।नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी र नगर शिक्षा...
स्काउटको दीक्षान्त लिनेमा गोदावरीका जनप्रतिनिधि पहिलो

काठमाडौं, साउन ८ : नेपाल स्काउटको दीक्षान्त लिनेमा यहाँको गोदावरी नगरपालिकाका जनप्रतिनिधि पहिलो भएका छन्।

नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी र नगर शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायलाई दीक्षित गराइएको हो। दीक्षित पदाधिकारीलाई स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए। 

Hardik ivf

संयोजक भण्डारीले अघिल्लोे सरकारले देशका सबै सामुदायिक विद्यालयमा स्काउटको विकास र विस्तारका लागि नीतिगतरुपमा निर्णय गरेर प्रक्रिया अघि बढाएको बताए।

अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले नगरपालिकाले स्काउटलाई प्राथमिकतामा राखेर अघि बढेकामा शुभकामना दिए।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, शिक्षा पत्रकार सञ्जालका पूर्वअध्यक्ष ईश्वरराज ढकालले हाल सामुदायिक विद्यालयमा स्काउट कमजोर रहेका बेला विस्तारको कार्यक्रम आउनु सकारात्मक भएको बताए।

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्