Kathmandu Press

एक किलो गाँजासहित युवक पक्राउ      

उदयपुर, साउन ८ : प्रहरीले उदयपुरको बेलका नगरपालिका-८ बाट एक किलो अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ। सुनसरीकाे बराहाक्षेत्र नगरपालिका-६ चकरघट्टी बस्ने २९ वर्षीय बलराम यादवलाई...
एक किलो गाँजासहित युवक पक्राउ      

उदयपुर, साउन ८ : प्रहरीले उदयपुरको बेलका नगरपालिका-८ बाट एक किलो अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ। 

सुनसरीकाे बराहाक्षेत्र नगरपालिका-६ चकरघट्टी बस्ने २९ वर्षीय बलराम यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे। 

Hardik ivf

लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्