Kathmandu Press

प्रदेश २ र वाग्मतीमा धमाधम रोपिँदै गुर्जो 

काठमाडौं, साउन ८ : मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ।पहाडमा भन्दा तराईमा...
प्रदेश २ र वाग्मतीमा धमाधम रोपिँदै गुर्जो 

काठमाडौं, साउन ८ : मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ।

पहाडमा भन्दा तराईमा पाइने गुर्जोमा औषधीय गुण बढी हुने भएकाले तराइ जिल्लामा तराईको गुर्जो रोपिएको हो। 

तराईका जिल्लामा पहाडमा पाइने गुर्जो रोपण गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए। वाग्मती प्रदेशका काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायत विभिन्न स्थानमा अभियानका रुपमा गुर्जो रोपेका अभियानकर्मी राजलवटले यो हप्ता तराईका जिल्लामा रोपण शुरु गरेका छन्। 
 
सिन्धुली, धनुषा, महोत्तरी, सिराहालगायतका जिल्लामा गुर्जो रोपण अभियान जारी रहेको उनले जानकारी दिए। बिहीबार बर्दिबास नगरपालिका-४ का विभिन्न स्थानमा गरी ५०० बोट गुर्जो रोपिएको छ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिलगायतको सक्रिय सहभागिता थियो। सो अवसरमा गुर्जोबाट बनेको चिया र धुलो पनि वितरण गरियो। 
 
आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जोको नर्सरी उत्पादन गरी २०७६ चैतदेखिदेखि उहाँले रोप्ने अभियान शुरु गर्नुभएको हो।

कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलो औषधि वितरणलाई पनि राजलवटले अभियानका रुपमा अघि बढाएका हुन्।

कोरोना लागेकालाई नियमित गुर्जोबाट बनेको चिया र धुलोको सेवनले राम्रो गरेको सेवनकर्ताको अनुभव छ।
 
गत वर्ष एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा रोप्ने अभियानको नेतृत्व गर्नुभएका राजलवटले त्यति नै सङ्ख्यामा चिया र धुलोका पोका वितरण गर्नुभएको थियो। यस वर्ष पनि १५ हजारभन्दा बढी गुर्जोका बिरुवा रोपण गरिएको जनाइको छ।

करिब २० गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो यस वर्ष वितरण गरिएको छ। अभियानकर्मी राजलवटले आन्तरिक राजस्व कार्यालय धुलिखेलमा सरुवा भई आएपछि पनि गुर्जोका बिरुवा रोपण एवं चिया र धुलो वितरणलाई निरन्तरता दिएका हुन्।

आयुर्वेद शास्त्रले मानिस जुन स्थानमा जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँको प्रकृतिमा हुन्छ भन्ने मान्यता राख्छ। यसैगरी प्रत्येक वनस्पतिमा औषधीय गुण हुन्छ तर चिन्ने र संयोजन गर्ने गुण मानिसमा हराउँदै गएकाले विदेशबाट महँगो औषधि किन्न बाध्य हुनुपरेको छ।

हाल कौडीको भाउमा जडीबुटीको कच्चा पदार्थ बाहिरिने र महँगोमा वार्षिक अर्बौंको औषधि आयात हुने गरेको छ। यसलाई रोक्न गुर्जोजस्ता जडीबुटीको प्रवद्र्धन गर्ने अभियानमा लागिएको राजलवटले सुनाए।

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्