दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिकमा ५ प्रतिशत वृद्धि

काठमाडौं, साउन ८ : काठमाडौं उपत्यकामा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाएर ७ सय ९० रुपैयाँ बनाइएको छ।
यसअघिको पारिश्रमिक दैनिक ७ सय ५० रुपैयाँ थियो। साबिकको पारिश्रमिकमा ५ प्रतिशत अर्थात् ४० रुपैयाँ बढाएर दैनिक ७ सय ९० रुपैयाँ बनाइएको हो।
जिल्ला दररेट निर्धारण समितिको बैठकले उक्त ज्याला बढाएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष२०७८र७९को निर्माण सामाग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकहरूको ज्यालादर निर्धारर्ण गर्नेक्रममा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक पनि बढाएको हो।
बैठकले फोहोर, ढल, डकर्मी, सिकर्मी, नकर्मी, चित्रकारलगायत सबै प्रकारका श्रमिकहरूको ज्याला बढाएको जिल्ला दररेट निर्धारण समितिले जनाएको छ।
प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











