राप्रपा अध्यक्ष थापा र नेकपा महासचिव विप्लवबीच भेट
काठमाडौं, साउन ८ : राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा र नेपाल कम्युनिसट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको...
काठमाडौं, साउन ८ : राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा र नेपाल कम्युनिसट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।
राप्रपा अध्यक्ष थापालाई भेट्न आज (शुक्रबार) बिहान बूढानीलकण्ठस्थित उनकै निवासमा विप्लव पुगेका थिए।
उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। चन्दसँग भएको तीन बुँदे सहमित कार्यान्वयन हुनुपर्ने धारणा थापाले राखेको बताइएको छ।
विप्लवको सचिवालयका अनुसार राप्रपा अध्यक्ष थापासँगको भेटमा राजनीतिक विषयमा समेत कुराकानी भएको छ।
विप्लवले पछिल्लो समय सबै दलका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्।
प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











