Kathmandu Press

काठमाडौं महानगरले थाल्यो आकाशे पानी संकलन र पुनर्भरण अभियान

काठमाडौं, साउन ८ : राजधानी काठमाडौंलाई पानी संकटमुक्त पारी पर्याप्त पानी उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले आकाशे पानी संकलन र पानी पुनर्भरण अभियान थालेको...
काठमाडौं महानगरले थाल्यो आकाशे पानी संकलन र पुनर्भरण अभियान

काठमाडौं, साउन ८ : राजधानी काठमाडौंलाई पानी संकटमुक्त पारी पर्याप्त पानी उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले आकाशे पानी संकलन र पानी पुनर्भरण अभियान थालेको छ।

खानेपानी तथा सरसफाइको क्षेत्रमा उपलब्ध ज्ञान, सीप, प्रविधि र अनुभवलाई उपयोगमा ल्याएर नेपालीहरुलाई सहज रुपमा स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले स्थापित स्मार्ट वास सोलुसन्सले हालै आयोजना गरेको वर्षातको पानी संकलनका मुद्दा, चुनौती र आगामी मार्ग विषयक वेबिनारमा काठमाडौं नगर आयोगका सहविज्ञ जयश्री राजभण्डारीले सो जानकारी दिएका हुुन्।

उनले राजधानीमा पानीको माग मेलम्चीले पनि नधान्ने बताए। ‘अहिले नै काठमाडौंमा खानेपानीको माग दैनिक ४५ करोड लिटर जति छ,’ उनले भने, ‘मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँदा पनि दैनिक २८ करोड लिटर पानी कमी हुन जान्छ।’ यसको आपूर्तिका लागि वैकल्पिक स्रोत खोज्नैपर्ने उनको भनाइ थियो।

उनले काठमाडौं उपत्यकामा साना ठूला खोला र नदीहरू प्रशस्त रहेको र परम्परागत पानीको स्रोत मानिएका ढुंगेधारा, कुवा, इनारका साथै भूमिगत पानीको उपयोगबाट त्यस्तो अभाव पूर्ति गर्नुपर्ने अवस्था रहेकोले वर्षात्को पानीको उपयोग गर्ने अभियान थालेको बताए।
उनले पानीको वर्तमान तथा भावी संकटलाई दृष्टिगत गरेर महानगरले २०७६/७७ देखि काठमाडौं पुनर्भरण अभियान सुरु गरेको पनि जानकारी दिए।

एनका अनसार यस अभियानअन्तर्गत गोंगबू रानीबारी पुनर्भरण आयोजना सम्पन्न भैसकेको छ भने स्वयम्भू भुइँखेलको पोखरी पुनःस्थापना गरिएको छ।

त्यस्तै राजधानीको मध्यभागमा रहेका कमलपोखरी मर्मत र पुनःस्थापनाको काम हुँदैछ भने रानी पोखरी मर्मत पूरा भएको छ । नारायणहिटीको दक्षिणमा रहेको हिटी पोखरी र पूर्वतर्फरहेको नक्सालको नागपोखरी पनि संरक्षण थालिएको छ ।

यो पुनर्भरण आयोजना अन्तरगत कमल पोखरीलाई वर्षातको भलबाढीको पानीलाई छानेर पोखरीमा जम्मा गर्ने विधि अपनाइएको छ ।
महानगरपालिकाले पानी पुनर्भरण अवधारणा अवलम्बन गरी कमलपोखरी,बाँसबारी इको पार्क, बागमती नगरपार्क, धान्यो चित्तपार्क, कुलेश्वर बुद्ध विहार, लगन पार्क, शान्ति नमुुना पार्क र टुँडालदेवी पार्कको विकास र संरक्षणको कार्य थालेको पनि उनले बताए।
महानगरपालिकाले नन्दी रात्री विद्यालय र वडा नं ५ मा आकाशे पानी संकलन प्रणाली उपयोगमा ल्याइसकेको छ ।

महानगरभित्र रहेका १ सय ५६ यस्ता धारामध्ये ५७ मासिएका र ९९ वटा भेटिएको बताएको छ। भेटिएका मध्ये चारवटामा पाइपको पानी पठाएर र १४ वटामा पानी ट्यांकी राखेर सञ्चालनमा ल्याइएको छ ।
 

प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्