सुर्खेतमा साउन १५ सम्म थपियो निषेधाज्ञा
वीरेन्द्रनगर, साउन ८ : कोरोना भाइरसको संक्रमण कम नभएको जनाउँदै सुर्खेतमा साउन १५ गतेसम्म निषेधाज्ञा थपिएको छ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार...
वीरेन्द्रनगर, साउन ८ : कोरोना भाइरसको संक्रमण कम नभएको जनाउँदै सुर्खेतमा साउन १५ गतेसम्म निषेधाज्ञा थपिएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो। कोरोनाको जोखिम कम नभएकाले निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।
पछिल्लो समय निषेधाज्ञा खुकुलो पारिँदै आएको छ। थपिएको निषेधाज्ञा झन खुकुलो हुने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
अब स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न पाइनेछ। स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिने भएको छ।
त्यस्तै, बजार व्यवसाय पनि निर्वाध रुपमा सञ्चालन गर्न सकिनेछ। यसअघि बिहान ६ देखि दिउसो २ बजेसम्म मात्रै पसल खोल्न दिइएको थियो। अब साँझ ६ बजेसम्म खोल्न पाइनेछ।
यससँगै होटल, रेष्टुरेन्ट र खाजा पसल पनि सञ्चालन गर्न पाइनेछ। तर, क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी मात्रै सञ्चालन गर्नुपर्नेछ।











