देशभर मौसम बदली, केही प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं, साउन ८ : आज देशभर मौसम बदली रहने र केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम...
काठमाडौं, साउन ८ : आज देशभर मौसम बदली रहने र केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ।
आज बिहान देशभर मौसम बदली रही देशभर वर्षा भइरहेको छ। दिउँसो पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १, लुम्बिनी र बाग्मती प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ०७:०१ बजे, शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











