Kathmandu Press

केही दिनभित्रै मलेसिया रोजगारकाे टुङ्गाे लाग्छ : मन्त्री बिष्ट

काठमाडौं, असार २२ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले  केही दिनभित्रै मलेसिया रोजगारीबारे टुंगो लाग्ने बताएका छन्।

केही दिनभित्रै मलेसिया रोजगारकाे टुङ्गाे लाग्छ : मन्त्री बिष्ट

काठमाडौं, असार २२ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले  केही दिनभित्रै मलेसिया रोजगारीबारे टुंगो लाग्ने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७६’का सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमाथि उठेका प्रश्न तथा गुनासाबारे जवाफ दिँदै मन्त्री बिष्टले मलेसिया रोजगारी अबको केही दिनमै टुंगो लाग्ने बताए। ‘मलेसियाको श्रम समझदारीलाई कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढिसकेको छ,’ मन्त्री बिष्टले भने।

त्यसका लागि स्वास्थ्य संस्था छनोट भइसकेको उनको भनाइ थियो। ‘सिन्डिकेट हटाउदै ९९ नयाँ स्वास्थ्य संस्था छनोट गरिसकेको छ । चित्त नबुझ्नेलाई उजुरीका लागि तीन दिनको अवधि खुल्ला गरिएको छ,’ मन्त्री बिष्टले भने।

मलेसिया रोजगारीको टुंगो लाग्न अब लामो समय नलाग्ने मन्त्री बिष्टले स्पष्ट पारे। मलेसिया रोजगारीमा जाने कामदारको सुरक्षाको प्रत्याभूत गरि कामदार पठाइने मन्त्री बिष्टले बताए।

याे पनि : मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने १३८ संस्था मापदण्ड विपरीत

 

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, असार २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्