Kathmandu Press

चितवन निकुञ्जमा भाले गैँडा मरेको अवस्थामा फेला

चितवन, साउन ८ : चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मरेको अवस्थामा फेला परेको छ।निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मरेको...
चितवन निकुञ्जमा भाले गैँडा मरेको अवस्थामा फेला

चितवन, साउन ८ : चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मरेको अवस्थामा फेला परेको छ।

निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मरेको अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ।

मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए। योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा भाले गैँडा मरेका छन्।

 

प्रकाशित मिति: ०६:४० बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्