Kathmandu Press

खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

काठमाडौं, साउन ७ : एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ।बैंकले बिहीबार ६८...
खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

काठमाडौं, साउन ७ : एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ।

बैंकले बिहीबार ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ।

जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे।
 

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्