Kathmandu Press

उपत्यकामा थपिए ७५१ जना कोरोना संक्रमित

काठमाडौं, साउन ७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार...
उपत्यकामा थपिए ७५१ जना कोरोना संक्रमित

काठमाडौं, साउन ७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये काठमाडौंका ५३६, भक्तपुरका ८५ जना र ललितपुरका १३० जना छन्।

योसँगै बिहीबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ९१२ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५९१६, भक्तपुरमा ९३५ जना र ललितपुरमा १०६१ जना सक्रिय संक्रमित छन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्