Kathmandu Press

टोकियो ओलम्पिकमा जुडोकी सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

टोकियो ओलम्पिकमा जुडोकी सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, साउन ७ : भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

आज सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो। उनी ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन्। भट्ट विश्व वरीयतामा १२७औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन्। उक्त खेल साउन ९ गते हुनेछ। पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ। 

भट्ट वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन्। उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा कास्य पदक जितेकी थिइन्। उनी महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन्। 

डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रुपमा सहभागी छैन। रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्