Kathmandu Press

करेन्ट लागेर महिलाको मृत्यु 

कपिलवस्तु, साउन ७ : कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे बजारमा बुधबार दिउँसो करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुने महिला गोरुसिंगे बजारमा डेरा...
करेन्ट लागेर महिलाको मृत्यु 

कपिलवस्तु, साउन ७ : कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे बजारमा बुधबार दिउँसो करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुने महिला गोरुसिंगे बजारमा डेरा गरी बस्ने गुल्मी मदाने गाउँपालिका-५ सिमलटारी घर भएकी ३० वर्षीया सीता परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको छतमा फोन गरिरहेको अवस्थामा नजिकैको विद्युतको नांगो तारमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्