Kathmandu Press

बैंकिङ कसुुर मुद्दाका फरार प्रतिवादी पक्राउ 

बाँके, साउन ७ : बैंकिङ कसुुर मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका-११ बस्ने ३८ वर्षीय विष्णु जीवन धिताल (सन्ज्याल) आज (बिहीबार) पक्राउ परेका छन्। जिल्ला...
बैंकिङ कसुुर मुद्दाका फरार प्रतिवादी पक्राउ 

बाँके, साउन ७ : बैंकिङ कसुुर मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका-११ बस्ने ३८ वर्षीय विष्णु जीवन धिताल (सन्ज्याल) आज (बिहीबार) पक्राउ परेका छन्। 

जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसुुरमा ३ दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 
 

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्