Kathmandu Press

भारतमा फेरि बढे संक्रमित

नयाँ दिल्ली, साउन ७ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ। सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार...
भारतमा फेरि बढे संक्रमित

नयाँ दिल्ली, साउन ७ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ। सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन्। 

अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको हो। 

Hardik ivf

सोही अवधिमा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या पनि थपिएका सङ्क्रमितहरुको सङ्ख्या भन्दा धेरै रहेकाले समेत सक्रिय सङ्क्रमितको सङ्ख्या समेत बढ्दै गइरहेको छ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ३८ हजार ६५२ रहेको अधिकारीहरुले जानकारी दिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड चार लाख २९ हजार ३३९ पुगेको छ। 

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या चार लाख नौ हजार ३९४ रहेको अधिकारीहरुले जनाएका छन्। यो सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १।३१ प्रतिशत मात्रै हो।

कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख १८ हजार ९८७ रहेको छ। तीमध्ये ५०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ। ती मध्ये १७ लाख १८ हजार ४३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो।

प्रकाशित मिति: १३:०६ बजे, बिहीबार, साउन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्