Kathmandu Press

वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न समस्या

काठमाडौं, साउन ७ : वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ। काठमाडौँ उपत्यकाको १८...
वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न समस्या

काठमाडौं, साउन ७ : वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ। काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सिमाना बन्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माण कार्य गरिरहेको छ। 

अहिले निर्माण कार्यअन्तर्गत पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ। अबको १० दिनपछि उक्त स्थानमा फोहर राख्न सकिने छ। हाल फोहर व्यवस्थापन गरिरहेको स्थान स्यानिटरी ल्याण्डफिल साइट सिसडोलबाट बन्चरेडाँडामा जानका लागि बाटोको समस्या हुँदा तत्काल उक्त स्थानमा फोहर राख्न नसकिने शहरी विकास तथा भवन निर्माण विभागले जानकारी गराएको छ। 

विभागका उपमहानिर्देशक कुमार घिमिरेका अनुसार उपत्यकाबाट फोहर बोकेर गाडीले सिसडोल पार नगरी दीर्घकालीन फोहर व्यवस्थापनस्थलसम्म पुग्नका लागि वैकल्पिक बाटो छैन। अहिले सिसडोलमा अत्यधिक फोहरको थुप्रो छ, उक्त थुप्रो लोड भएको गाडीले पार गर्दा जतिबेला पनि पहिरो जाने वा भासिने डरका कारण तत्कालै बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न कठिन भएको हो।   

अन्यत्र बाटो खोज्ने र तत्काल दीर्घकालीनरूपमा फोहर व्यवस्थापनस्थलसम्म कसरी जान सकिन्छ भनी सम्बद्ध निकायसँग छलफल भइरहेको पनि विभागले जानकरी दिएको छ। सिसडोलदेखि दीर्घकालीन फोहर निर्माणाधीन व्यवस्थापनस्थलसम्म जाने करिब दुई किलोमिटर सडक भने यसअघिनै निर्माण सम्पन्न भइसकेको छ। 

सेल वान र सेल टु गरी दुई भागमा विभाजन गरी निर्माणको काम भइरहेको छ। सेल वान निर्माण सम्पन्न अन्तिम चरणमा रहेकाले बाटोको व्यवस्था भए तत्कालै  फोहर व्यवस्थापन  गर्न सकिने छ। उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण भइरहेको छ।

बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो। शुरुमा सम्झौता गरिएको समयसीमा सकिई २०७७ वैशाखमा पुनः एक वर्षका लागि समय थपिएको थियो। निर्माणका लागि रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा सम्झौता भएको थियो। रासस

प्रकाशित मिति: १०:५८ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्