आज ४३औं पुष्पलाल स्मृति दिवस
काठमाडौं, साउन ७ : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसमा आज विविध कार्यक्रम आयोजना गर्न लागिएको छ।राणा शासकले...
काठमाडौं, साउन ७ : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसमा आज विविध कार्यक्रम आयोजना गर्न लागिएको छ।
राणा शासकले गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिएपछि पुष्पलाल आन्दोलनमा होमिएका थिए। त्यसपछि उनले २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।
रामेछापको भँगेरीमा वि. सं. १९८१ असार १५ गते जन्मिएका पुष्पलालको भारतमा रहेका बेला २०३५ साउन ७ गते निधन भएको थियो। उनी पञ्चायतकालमा निर्वासनमा रहेका थिए।
निर्वासनमा रहेकै बेला भारतमा निधन भएको थियो। उनको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गर्न लागिएको छ।
प्रकाशित मिति: ०७:४८ बजे, बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











