Kathmandu Press

चितवनमा नहरमा डुबेर दुई किशोरको मृत्यु

भरतपुर, साउन ७ : चितवनमा नहरमा डुबेर दुई किशोरको मृत्यु भएको छ।भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको...
चितवनमा नहरमा डुबेर दुई किशोरको मृत्यु

भरतपुर, साउन ७ : चितवनमा नहरमा डुबेर दुई किशोरको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए। उनलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका थिए।

प्रहरीले नहरमा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्दा दुई सय मिटर पर दुवै जनाको उद्धार गरेको थियो। उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो।
उनीहरुको अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्