Kathmandu Press

द क्लिफ रिसोर्टमा बन्यो हाइ रोप स्टेसन 

काठमाडौं, साउन ६ : एसियाकै नमूना झलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सन्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा...
द क्लिफ रिसोर्टमा बन्यो हाइ रोप स्टेसन 

काठमाडौं, साउन ६ : एसियाकै नमूना झलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सन्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा हाइ रोप स्टेसनको निर्माण गरेको छ।

स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ  गर्ने शैलीमा हाइ रोप स्टेसन चढिने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। स्टेसन नदीबाट २ सय ५० मिटर अग्लो भएको बताइएको छ। साथै बन्जीका लागि बनाइएको नमुना पुलमा राँको शैलीको सोलार बत्ती राखिएको छ ।

५ सय २५ मिटर लामो पुलमा वारपार राखिएको सोलार बत्तीले रातको समयमा थप आकर्षण दिने कार्की बताउँछन् । साथै रिसोर्टमै भगवान पाइलाको निर्माण भइरहेको छ। जमिनबाट ५ मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्छन्।

पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाईमा रहने बताइएको छ। पाइलाको तल सेफ्टीनेट राखेर सुरक्षा सावधानी अपनाइने बताइएको छ। 

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्