Kathmandu Press

वीरगञ्जका सामाजिक अभियन्ता झा कांग्रेस प्रवेश

वीरगञ्जका सामाजिक अभियन्ता कञ्चन झा कांग्रेस प्रवेश गरेका छन्। वीरगञ्जवासीका नाममा भिडियो सन्देश जारी गर्दै झाले कांग्रेसमा आबद्ध भएर जनसेवामा जुट्ने बताएका हुन्।
वीरगञ्जका सामाजिक अभियन्ता झा कांग्रेस प्रवेश

काठमाडौं, साउन ६ : वीरगञ्जका सामाजिक अभियन्ता कञ्चन झा कांग्रेस प्रवेश गरेका छन्। वीरगञ्जवासीका नाममा भिडियो सन्देश जारी गर्दै झाले कांग्रेसमा आबद्ध भएर जनसेवामा जुट्ने बताएका हुन्।

बीपी स्मृति दिवसको अवसर पारेर कांग्रेससँग जोडिएको औपचारिक घोषणा गरेका झा १५ वर्षदेखि वीरगञ्जलाई मुख्य थलो बनाएर विभिन्न सामाजिक क्रियाकलापमा आबद्ध छन्। सामुदायिक संस्था सानो पाइलाको संस्थापकसमेत रहेका झा समाजिक विकृतिविरुद्ध खरो रूपमा प्रस्तुत हुँदै आएका छन्।

उनले भनेका छन्,  ‘हामीबीचको विश्वासलाई उपलब्धीपूर्ण उचाइमा पुर्‍याउन जननायक बीपी कोइराला स्मृति दिवसको विशेष दिनमा नेपाली कांग्रेसमार्फत नयाँ यात्रा थालनी गरेको छु।’

भिडियोमा झाले वीरगञ्जको सौन्दर्य, सम्भावना, समस्या र समाधान तथा सामुदायिक सहभागितामा जोड दिएका छन्।

कुलतमा फसेका युवा, बेचबिखनमा परेका चेलीबेटी, भूकम्पपीडित, अभिभावकविहीन बालबालिका संरक्षण, कोभिड, बाढी पीडितलगायत विपद र समस्यामा परेको समुदायसँग झाले काम गर्दै आएका छन्। 

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्