प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
काठमाडौं, साउन ६ : ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका ५ बस्ने ३८ वर्षीय बिष्णु प्रसाद काफ्ले र सोही...
काठमाडौं, साउन ६ : ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका ५ बस्ने ३८ वर्षीय बिष्णु प्रसाद काफ्ले र सोही ठाउँ बस्ने २८ वर्षीय वीर बहादुर कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले बेलौरी नगरपालिका-३ बस्ने ३८ वर्षीया महिलाको पसलमा गई गाली गलौज गरी हातपात समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि समेत हातपात तथा अभद्र व्यवहार गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:२३ बजे, बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











