Kathmandu Press

डा. भट्टराईले हिन्दू धर्ममा आघात पुर्‍याएको बताउँदै जसपाका ११ विद्यार्थी नेताको राजिनामा

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दू धर्ममाथि आघात पुर्‍याएको दाबी गर्दै उक्त पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियन, पर्साका ११ जना नेताले सामूहिक राजिनामा दिएका छन्।
डा. भट्टराईले हिन्दू धर्ममा आघात पुर्‍याएको बताउँदै जसपाका ११ विद्यार्थी नेताको राजिनामा

काठमाडौं, साउन ६ : जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दू धर्ममाथि आघात पुर्‍याएको दाबी गर्दै उक्त पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियन, पर्साका ११ जना नेताले सामूहिक राजिनामा दिएका छन्।

राजिनामा दिनेमा जिल्ला वरिष्ठ उपाध्यक्ष कृष्णकुमार चौरसिया, सचिव राजुराज गिरी, कोषाध्यक्ष सुशील यादव तथा सदस्यहरू सन्दीप चौहान, अंकुश मण्डल, प्रितम उपाध्याय, रवि गुप्ताm ओमहरि यादव, राजकुमार साह, भुवन गिरी र दिलखुश देवान छन्।

डा. भट्टराईले हिन्दू धर्ममा आघात पुर्‍याएको तथा जसपाले मधेशका मुद्दा छाडेको उनीहरूको दाबी छ।

डा. भट्टराईले बुधबार ट्विटरमार्फत सार्वजनिक गरेको एक तस्बिर र त्यसमा गरेको ‘कोट’लाई लिएर हिन्दू धर्मावलम्बीहरूले विरोध गरिरहेका छन्।
 

प्रकाशित मिति: १७:४८ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्