Kathmandu Press

काठमाडौंमा १८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सन खोप लगाइँदै

काठमाडौं, साउन ६ : कोरोना भाइरसविरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ। खोप अभियानमा काठमाडौं जिल्लामा सोचेभन्दा कमले लगाएको र...
काठमाडौंमा १८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सन खोप लगाइँदै

काठमाडौं, साउन ६ : कोरोना भाइरसविरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ। 

खोप अभियानमा काठमाडौं जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए। 

अहिले खोप लगाउनका लागि काठमाडौं जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ। उनले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताए। उनले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गरेका थिए। भोलिसम्म लगाइने खोप सुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो। अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो।

जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ। नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन्। 

प्रकाशित मिति: १६:२० बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्