Kathmandu Press

२०८ पत्रकारले लगाए भेरोसेल खोपको दोस्रो डोज

काठमाडौं, साउन ६ : नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका...
२०८ पत्रकारले लगाए भेरोसेल खोपको दोस्रो डोज

काठमाडौं, साउन ६ : नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्। 

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाडौं उपत्यकाभित्र तीनै जिल्लामा कार्यारत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको बताए।

यसअघि गत असार ६ गते २२६ पत्रकारले सो खोपको पहिलो मात्रा लगाएका थिए। बाँकी रहेका पत्रकारलाई पछि खोप दिइनेछ। 

प्रकाशित मिति: १६:१४ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्