Kathmandu Press

बाघको छालासहित दुई जना  पक्राउ

जाजरको, साउन ६ : बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ।जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम...
बाघको छालासहित दुई जना  पक्राउ

जाजरको, साउन ६ : बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ।

जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए। 

अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरीे टोलीले शङ्का लागि खानतलासी गर्दा  पाँच फिट दुई इन्च लामो बाघको छाला ४ इन्च  लामो   नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई  पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ। 
 

प्रकाशित मिति: १५:०० बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्