Kathmandu Press

मोरङमा ५२ व्यावसायिक फर्ममाथि कारवाही

मोरङ, साउन ६ : नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि  विक्री वितरण गर्दैआएका ५२ व्यावसायिक फर्म कारबाहीमा...
मोरङमा ५२ व्यावसायिक फर्ममाथि कारवाही

मोरङ, साउन ६ : नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि  विक्री वितरण गर्दैआएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन्। 

वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा  सो सङ्ख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइयो। 

Hardik ivf

तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि,  कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रु दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए । 

ती फर्मबाट रु १९ लाख पाँच हजार जरिवाना असुल गरिएको  कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए। कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा २२ फर्ममाथि कारवाही गरी  रु नौ लाख २५ हजार जरिवाना गरेको थियो।

यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण÷ संशोधन र दुईसय फर्म खारेजीमा परेको कार्यालयले जनाएको छ। यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो।

प्रकाशित मिति: १४:३५ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्