Kathmandu Press

विदेशमा हुने उपचारको खर्च सरकारले बेहोर्नुपर्दैन : थापा

काठमाडौं, साउन ६ : कांग्रेस नेता गगन थापाले नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले बेहोर्न नपाउने...
विदेशमा हुने उपचारको खर्च सरकारले बेहोर्नुपर्दैन : थापा

काठमाडौं, साउन ६ : कांग्रेस नेता गगन थापाले नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले बेहोर्न नपाउने कानुन रहेको बताएका छन्।

आज (बुधबार) सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै थापाले यो पनि लेखेका छन्, ‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैनूभन्ने व्यवस्था छ र उक्त कानून २०७५/६/२ गतेदेखि लागू भइसकेको छ।’

उनले एमाले वरिष्ठ नेता झलनाथ खनालको पनि उपचार खर्च सरकारले बेहोर्न नहुने बताएका छन्। पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले फेसबुकमा लेखेका छन्, ‘उहाँ (झलनाथ खनाल) को उपचारका लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ। उहाँलाई उपचार खर्च जुटाउनुपर्ने अवस्था नै आए त्यसका लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै। यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले बेहोर्ने भन्ने विषय उठाई उहाँका बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऔं।’

थापाले नेता खनालको शीघ्र स्वास्थ्यलाभको कामना गरेका पनि गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि खनाल भारतको नयाँ दिल्लीसिथत एपोलो अस्पतालमा उपचाररत छन्।

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्