Kathmandu Press

८१ किलो गाँजासहित एक जना पक्राउ

मकवानपुर, साउन ६ : मनहरि गाउँपालिका–८ हेटौँडा नारायगढ सडकखण्डको  सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरुपमा ल्याइएको  लागुपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा...
८१ किलो गाँजासहित एक जना पक्राउ

मकवानपुर, साउन ६ : मनहरि गाउँपालिका–८ हेटौँडा नारायगढ सडकखण्डको  सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरुपमा ल्याइएको  लागुपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ। 

मनहरिका  प्रहरीले  बिहान ३ः०० बजे सडकमा रोकिराखेको ना८ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताएका छन् ।

ट्रक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ३५ का बाबुराम नेगी रहेका र घटनाबारे  अनुसन्धान भइरहेको उनले जानकारी दिए।
 

प्रकाशित मिति: ११:५० बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्