Kathmandu Press

चीनले बनायो तीव्र गतिको रेल, प्रतिघण्टा ६ सय किलोमिटर गुड्ने

काठमाडौं, साउन ६ : चीनले तीव्र गतिमा गुड्ने रेल बनाएको छ। यो रेल प्रतिघण्टा ६ सय किलोमिटर गुड्ने जनाइएको छ।यो रेलको प्रारम्भीक भर्सन...
चीनले बनायो तीव्र गतिको रेल, प्रतिघण्टा ६ सय किलोमिटर गुड्ने

काठमाडौं, साउन ६ : चीनले तीव्र गतिमा गुड्ने रेल बनाएको छ। यो रेल प्रतिघण्टा ६ सय किलोमिटर गुड्ने जनाइएको छ।

यो रेलको प्रारम्भीक भर्सन मंगलबार चिनियाँ शहर छिङताओमा सार्वजनिक गरिएको छ। यो म्यागलेभ ट्रेन सरकारी स्वामित्वको रेलेव रोलिङ कोअपरेसनले बनाएको हो।

Hardik ivf

यो रेल तत्काल व्यवसायिक प्रयोगमा भने आउने छैन। प्रयोग ल्याउन अझै पाँचदेखि १० वर्षसम्म लाग्ने जनाइएको छ।

चीनमा तीव्र गतिका रेल गुडिरहेका भए पनि यसका लागि भने ट्याक बनेको छैन। यति तीव्र गतिमा गुड्ने रेलका लागि बलियो ट्याक बनाउनु पर्ने जनाइएको छ।

यो रेल सेवा शुरु भएपछि चीनको राजधानी बेइजिङदेखि सांघाइ पुग्न साढे २ घण्टा लाग्नेछ। अहिले भने जहाजमै तीन घण्टा लाग्ने गरेको छ। त्यस्तै, हाइस्पिड रेलमा साढे ५ घण्टा लाग्ने गरेको छ।

यो रेल सञ्चालनका लागि ट्याक बनाउन अध्ययन भइरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: ०८:२६ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्