पोखरा लेकसाईडमा रहेका लेक हाउस र होटल शारामा ५० प्रतिशतको छुट अफर
काठमाडौं, साउन ४ : पर्यटकीय नगरी पोखरामा फेवाताल सँगै जोडिएको र आकर्षक डिजाइन भएकोले पछिल्लो समय निकै लोकप्रियता कमाएको लेक हाउस पोखराले दोश्रो...
काठमाडौं, साउन ४ : पर्यटकीय नगरी पोखरामा फेवाताल सँगै जोडिएको र आकर्षक डिजाइन भएकोले पछिल्लो समय निकै लोकप्रियता कमाएको लेक हाउस पोखराले दोश्रो लकडाउन पछि पचास प्रतिशत छुट सहित थ्री बि अफर घोषणा गरेको छ।
कपल अफर अन्तर्गत जोडिले बुकिङ गर्दा पहिले ६ हजार रहेको प्याकेज ३ हजारमा उपलब्ध भएको लेक हाउसका सन्चालक सुजन जोशीले जानकारी दिए । थ्री बि अर्थात बोट, बेड र ब्रेकफास्ट रहेको उक्त प्याकेज अन्तर्गत लेकसाइड देखि लेक हाउस सम्मको दुइतर्फी डुङ्गाको यात्रा, कोठा र दुइजनाकोलागी ब्रेकफास्ट समेटीने जोशीले बताए ।
लेकसाइडको पारीपट्टी अनदु गाउँमा रहेको लेक हाउसबाट फेवाताल सँगै पोखरा लेकसाइडको रमाइलो दृश्य, हिमाल, सुर्योदय लगायतकोअद्भुत दृश्यपान गर्न पाइने उनले बताए। माछाका परिकारको लागि पनि लेक हाउस प्रसिद्ध छ। द लेक हाउस पोखराले ६ बर्ष देखी होटल तथा रेस्टुरेन्टको सेवा सहित लेक हाउसको संचालन गर्दै आइरहेको छ।

यता, पोखराको लेकसाइड चौध नम्बर स्ट्रीटमा रहेको होटल शाराले पोस्ट लकडाउन अफर अन्तर्गत पचास प्रतिशत छुटमा प्याकेज उपलब्ध गराएको छ । सन् २०२० मा अत्याधुनिक प्रविधिमा बनेको होटलमा डिलक्स, सुपर डिलक्स, स्विट र प्रेसिडेन्सियल स्विट रुम छन् ।
प्राय रुममा बाथ टब र ज्याकुजी रहेको छ भने ग्राहकले रुफटपमा इन्फिनिटी पुलको मज्जा लिन सक्ने होटलको फ्रन्ट अफिस म्यानेजर सरिता गोलेले जानकारी दिइन्। बाल्कोनी र ज्याकुजी टब रहेको डिलक्स रुममा जोडिले बुकिङ गर्दा ब्रेकफास्ट सहित एक रातको सात हजारको प्याकेज जम्मा तीन हजार पाँच सयमा बुकिङ गर्न सकिने बताइएको छ ।
लेकसाइडकै अग्लो भवनमा रहेकाले होटलबाट फेवाताल, हिमाल र आसपासको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ ।











