Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, साउन ५ : ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका ५ बस्ने ५२ वर्षीय हिरा लाल चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

हिराले ती बालिकालाई घरबाट करिब ५ सय मिटर टाढा मकैबारीमा लगेर शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्