भोली सार्वजनिक बिदा
काठमाडौं, साउन ५ : सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने...
काठमाडौं, साउन ५ : सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











